महोत्तरी १० मङ्सिर ।६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ ।
गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा अस्पतालमै मृत्यु भएको हो।प्रहरिको गोलि लागि मृत्यु भएका ब्यक्तिको बारे चितवन निवासी समाजसेबि रोमन पौडेल भन्नुहुन्छ-” यो देशमा सरकार निकम्मा भएकै हो त? हत्यारालाई सार्बजनिक ठाउॅंमा ल्याएर यस्तो सजाय दिनु पर्यो कि कसैले पनि यस्तो कुकर्म गर्नु अघि हजार बार सोचोस्! यहाॅं बलात्कृत नानीहरुसॅंगै न्याय माग्ने निर्दोषहरुको पनि ज्यान जान थाल्यो ! हिजो निर्मला हत्याकाण्डमा पनि यस्तै भो! न बलात्कारी समाईयो, न त निर्मलाले न्याय पाईन्, एकजनाले ज्यानै गुमाए भने अर्का एकजना जीबनभरको लागि अपांग बने! बलात्कारीलाई चौपालमा ल्याएर सिधै शिर उडाईदिने कानुन कहिले बनाउॅंछस् ए सरकार ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय