खगेन्द्र सङ्रौला,काठमान्डौ ११ मंसिर ।(म यमराजतुल्य सरकारी वकिलको कार्यालयमा छु ।)

युवा वकिलले मेरो नाम, थर र वतन लेखे । अनि हातमा कलम लिएर ठट्टाको भाकामा मलाई सोधे, “सर हुन त माओवादी नै हुनुहुन्छ, हकि ?

“ठिक छ, त्यै लेख्नोस् ।” मैले मुस्कानमय मुद्रामा चुरोटको धुवाँ वकिलको अनुहारतिर हुर्‍र्याएँ ।

नेपाली कागजमा लम्बेतान ब्यहोरा लेखिसकेपछि उनले भने, “सर, यो पढुँ र यसमा सहीछाप गरिदिऊँ ।”

“तपाई पनि पेशागत धर्मले त सरकारी वकिल नै हुनुहन्छ । वयानमा सरकारी वकिलको पेसागत चरित्र झल्किने कुरा त पार्नुभएकै होला, कि कसो ?”

“पहिले पढी त हेर्नोस् ।”

मैले पढ्दै नपढी सही धस्काइदिएँ । साढे तीन बजिसकेको थियो । प्रहरी भ्यान प्रजिअ कार्यालय विजुलीबजारतिर हुइँकियो । प्रजिअको आदेशको प्रतिक्षामा कार्यालय बाहिर केहीवेर कुरेपछि भित्रबाट बोलाहट भयो । प्रजिअ विजयराज भट्टराई रहेछन्, तनहुँमा मास्टरी गर्दा मसँग परिचय भएका छुपे रुस्तम मार्कामा पुराना काङ्ग्रेस । नाटकीय सद्भाव र खातिरदारी प्रदर्शन गर्दै मेरो नमस्कारको प्रत्युत्तरमा उनले हाकिमी आसनबाट बाहिर निस्केर मसँग हात मिलाए।“ल, मेरै अगाडि सरको बयान लिनू ।” युवा वकिललाई उनले अह्राए । बकिलले फँटवाला बयानकर्मीलाई तत्काल डाकेर ल्याए ।

“उतै जाऊँ सर ।” उनले मलाई आफ्नो फाँटतिर डोर्‍याए । पाठकको हैसियतले उनी जुनियर भानुभक्तलाई चिन्दा रहेछन् । उनले मसँग एकदमै अन्तरङ्ग व्यवहार गरे ।

“हैन, लेख्ने मान्छेलाई यो के गर्‍या हो ? सरले कतै भाषणसासण त गर्नु भा’ थेन नि, थ्यो र ?”

“संविधानले लेखकलाई तैँले भाषण गर्नु हुँदैन भन्या छ र ?”

बयान लिनु केही थिएन, केवल रकमी रीत पुर्‍याउनुमात्र थियो । एक कप चियाको अवधिभित्र रीत चाट्चुट्टै सम्पन्न भयो । प्रजिअ कार्यालयमा मित्र लीलामणि पोख्रेल, शशी श्रेष्ठ, निनु चापागाई र अरु केही मित्र अग्घिनै देखि मलाई कुरिरहनुभएको रहेछ । सार्वजनिक सडकमा ढुङ्गा–मूढा गरी म जुनियर भानुभक्तले शासकहरूको शान्ति–सुव्यवस्थामा पुनः खलल पुर्‍याएको खण्डमा त्यसको जिम्मेदारी आफूले लिने शर्तमा लीलाजी मेरो जमानी बसिदिनुभयो र म सरकारी खोरबाट तारेखमा फुकुवा भएँ ।आफूलाई प्रजातन्त्रको जनक, पुत्र र पौत्र गरी थ्री इन् वान् ठान्ने नेपाली काङ्ग्रेसका शेरबहादुर देउवाको हालहुकुमकालमा सरकारको ‘प्रजातान्त्रिक स्रेस्ता!मा म कलमकर्मी खगेन्द्र संग्रौलाको नामलाई ढुङ्गा–मूढाकर्मीको रूपमा अभिलेखबद्ध हुने सौभाग्य प्राप्त भयो । मध्ये दिनमा राजधानीका सडकमा टहल्दा जब प्रहरी भ्यान गुडेको देख्छु, सरकारी अभिलेखको सम्मानपूर्ण स्मृतिमा मलाई भ्यानमा ढुङ्गा हानूँ–हानूँ लागेर आउँछ । तर हान्नलाई ढुङ्गाकै दुःख छ किनभने खानीखोलाका ढुङ्गाजति राजधानीमा निर्मित नवधनाढ्यहरूका नवीन भवनका जगमा भूमिसात् भइसकेका छन् । र, उता मेरो मित्र लीलाजीलाई चाहिँ ढुङ्गा–मूढाकर्मी खगेन्द्र संग्रौलाले प्रहरी भ्यानमा ढुङ्गा–मूढा हानेर उत्पात नमचाइदिनाले आफू प्रजिअका समक्ष उभिन नपाउनाको दुःख छ ।

म नरकयात्राबाट मुक्त भएँ । हनुमान ढोकाबाट बिदा हुन बाँकी नै थियो, म गएँ ।

“सर, यो सिदा खर्च बुझेर यसमा सही गरिदिऊँ ।” हनुमान ढोका खोरका कमान्डर असई साहेपले भने ।

मैले दिनगन्तीको हिसाबले भनेबमोजिम सहस्र ठाउँमा सही गरिदिएँ ।

“सर, यो रकम गनेर बुझिदिऊँ ।”

“भैगो, असई साहेप । भाइहरूले एक कप चिया खाऊन् । यहाँहरूको सद्भाव र सहयोगको कथा मेरो मनमा छापिएको छ ।”

खोरबाट मुक्त भएको साता दिनपछि म काँकरभिट्टा गएँ, आमाालई भेट्न ।

“यसपाला हाम्री आमा गलिन् ।” भेट हुनासाथ ठूल्दाइले खिन्न स्वरमा भन्नुभयो । “तँ पक्राउ परेको खबर सुनेको दिनदेखि आमाको खानु–सुत्नु ठ्याप्पै बन्द भो । ‘कति कुटे होलान् ?’ ‘कसरी मारे होलान् ?’ आमाका जिब्रामा रातदिन यही कुरामात्र छ । हेर् केटा, यसपाला हाम्री आमाका मनमा ठूलो चोट लाग्यो ।”

“मैले त तँलाई मारिसके भन्ठान्या थेँ । हे भगवान्, तँ त जिउँदै पो आइछस् !” आमाका आँखाबाट शेष आँसु बग्न थाले । “त्यसरी दुलामै दमपच पार्नुपर्ने कसुर तैँले के गर्‍या थिस् र तिनले तँलाई त्यसो गर्‍या हुन् ?”

आमालाई ढोगिदिएँ ।

“ए तँ जिउँदै आइस् ?” सपनामा झैँ आमा बोल्नुभयो । हेर्छु, गलेर शरीर सिट्ठा भएको छ, अनुहार छ मुजै–मुजाको पुञ्चजस्तो । पानी सुकिसकेजस्ता आँखा राता न राता छन् ।

“मैले त तँलाई मारिसके भन्ठान्या थेँ । हे भगवान्, तँ त जिउँदै पो आइछस् !” आमाका आँखाबाट शेष आँसु बग्न थाले । “त्यसरी दुलामै दमपच पार्नुपर्ने कसुर तैँले के गर्‍या थिस् र तिनले तँलाई त्यसो गर्‍या हुन् ?”

प्रश्नको उत्तर हाम्री आमाले बुझ्ने भाषामा म कसरी दिऊँ ? म अकमक्क परेँ । सङ्कीर्ण नेपाली राज्य, कहिल्यै नसुधारिएको त्यसको परम्परागत क्रूर चरित्र, प्रजातन्त्र र स्वतन्त्रताका पक्षमा सोच्ने, बोल्ने र लेख्ने नागरिकसँगको त्यसको द्वेषपूर्ण नाता…। चूलो चौकोको कैदबाट कहिल्यै बाहिर निस्कन नपाएकी आमालाई यस्ता जटिल कुरा म कसरी बुझाऊँ ?

“मैले सरकारी मुखियाहरूको विरोधमा लेखेँ, त्यसैले …..”

“तैँले त्यस्तो के लेख्याथिस् ?”

“सरकारी मुखियाहरूको अन्याय–अत्तिचार खपिनसक्नु भो । अन्यायमा परेकाजतिले अब मुख खोल्नुपर्छ । मैले हो यस्तैयस्तै कुरा लेख्या थेँ ।”

यतिनाथे कुरा लेख्दैमा तिनले तँलाई त्यत्रो गरेका हुन् त ?”

“गरे ।”

“मर्न नसकेका जेमराजहरू !”

“सरकारी मुखियाहरूको अन्याय–अत्तिचार खपिनसक्नु भो । अन्यायमा परेकाजतिले अब मुख खोल्नुपर्छ । मैले हो यस्तैयस्तै कुरा लेख्या थेँ ।”
यतिनाथे कुरा लेख्दैमा तिनले तँलाई त्यत्रो गरेका हुन् त ?”
“गरे ।”
“मर्न नसकेका जेमराजहरू !”

म आमासँग तीन दिन बसेँ । त्यो बसाइभरि नै यमराजहरूका कुराको प्रसङ्ग उठिरह्यो ।

“हेर, हेर, तिनले तँलाई कुटेछन् । असत्ती जेमराजहरू !” मेरो डिल सुन्निएको र भित्र रातो भएको आँखो हेर्दै आमाले भन्नुभयो ।

“हैन आमा, आँखो आपैm पाकेको हो ।”

“तिनले तँलाई खान दिएनन् होला ।”

“दिए ।”

“राति तँलाई जाडो भो होला ।”

“हैन, न्यानो थ्यो ।”

“हेर, हेर पापिष्टहरू ! जमुना, डेजी त्यो सानो मित्रे, ती कति आत्तिए होलन् ! कति रोए होलान् ती ! नाथे त्यत्ति कुरा लेख्दैमा यस्तो पनि गर्नु ? पापिष्ट जेमराजहरू !”

आमाको र मेरो सुत्ने कोठा एउटै थियो । म बिहानको महाअल्छी । प्रायः राति अबेरसम्म बस्ने मेरो बानी । एक रात बाह्र बजेतिर होला, म पढिरहेको थिएँ, आमा घरीघरी खुइय सुस्केरा हाल्दै कोल्टो फेरिरहनुभएको थियो ।

“हैन, तैँले अझै जाँच दिनु छ ?” मेरो पढाइको अर्थ बुझ्न खोज्दै आमाले सोध्नुभयो ।

“छैन ।”

“कति पढिराख्या त नि ?”

आमाको र मेरो सुत्ने कोठा एउटै थियो । म बिहानको महाअल्छी । प्रायः राति अबेरसम्म बस्ने मेरो बानी । एक रात बाह्र बजेतिर होला, म पढिरहेको थिएँ, आमा घरीघरी खुइय सुस्केरा हाल्दै कोल्टो फेरिरहनुभएको थियो ।
“हैन, तैँले अझै जाँच दिनु छ ?” मेरो पढाइको अर्थ बुझ्न खोज्दै आमाले सोध्नुभयो ।
“छैन ।”
“कति पढिराख्या त नि ?”

“पढ्नुपर्छ ।”

“आ… कहिल्यै नसकिने तेरो पढाइ पनि ! भो सुत् । आँखा बिग्रिन्छन् ।” एक घण्टापछि आमाको उही जटिल जिज्ञासा दोहोरियो, “आ …. पढ्दा–पढदै तेरो कपाल फुकिसको । जाँच दिनु नपर्ने यो पढाइको तँलाई के काम ?

“आमा, मैले जेमराजहरूसँग लड्नु छ । त्यसैले मैले पढ्नुपर्छ ।”

“मान्छेलाई आनन्दले सुत्न पनि नदिने असत्ती जेमराजहरू !”

बयालीस

गरुड पुराणका सोह्रै अध्यायको वाचन समाप्त भयो । मृतक र जीवित दुवै थरीले मोक्ष प्राप्त गर्ने प्रलोभन देखाउँदै रहस्य, भय र आतङ्कका समस्त गोली–गट्ठाले शोकाकुल जजमानहरूलाई प्रहार गरियो । के अब लालसायुक्त लगानी बमोजिमको लाभ प्राप्त होला त ? अगोचर कथालेखक बडीबाजे मुडुला जजमानहरूलाई बाजले चल्लालाई हेर्ने आँखाले हेर्छन् । उनलाई शङ्का लाग्छ— जजमानहरूका शिर धूलो टेक्ने गरी अझै ढलिसकेका छैनन् । तिनका आँखाको अतल गरिराइमा कतै धमिलो चमक अझै दृश्यमान् छ । तिनका अनुहारमा शुष्क कान्तिको आभास छँदैछ । बडीबाजेको शङ्का प्रगाढ हुँदै जान्छ । जजमानहरूको जनावरीकरण अझैँ पूर्ण भइसकेको छैन । अतः बाजे सिकारको मोर्चालाई पूर्ण रूपले सफलीभूत तुल्याउन अर्को एक राउन्ड छर्रा हान्ने अन्तिम कार्यनीति अख्तियार गर्छन् ।

बडीबाजे छर्रा हान्न अग्रसर हुँदै उच्चारण गर्छन्, “अथ महात्म्य” । बडीबाजेका पदचिन्ह पछ्याउँदै छोटीबाजे अर्थात् पुराणवाचक पुरोहित लालगेडे नयनले मलाई दागेर आज्ञा गर्छन्, “जो नास्तिक अधम मनुष्य यो पितृकर्म गर्दैनन्, तिनीहरूका हातको जलमात्र पनि पिउनु हुँदैन किनकि त्यो रक्सीसमान हुन्छ । देवता र पितृहरू पनि त्यसको घर हेर्र्दैनन् र उनीहरूका क्रोधले गर्दा क्रिया नगर्ने छोरा–नातिहरू महादुःखी, काना, लुला, लङ्गडा भएर जन्मछन् ।” बाजेका कुरा सुन्दा मलाई क्रिया नगर्ने केही पापीहरूको याद आउँछ । बीपी. कोइराला, चित्रबहादुर केसी., कमल कोइराला आदि । बडी बजेका आज्ञाको अवज्ञा गर्दै यी महानुभावहरूका सन्तानहरू सबलाङ्ग मात्र होइन सशक्त र लोकप्रियसमेत भएका छन् । शास्त्रविपरीत यो के भएको होला ? यसो हुनाको कारण कसलाई सोध्नु मुनासिब होला ? महेन्द्र संस्कृत महाविद्यालयको कर्मकाण्ड फाँटका प्राचार्य महोदयलाई ?

बडीबाजेका पदचिन्ह पछ्याउँदै छोटीबाजे अर्थात् पुराणवाचक पुरोहित लालगेडे नयनले मलाई दागेर आज्ञा गर्छन्, “जो नास्तिक अधम मनुष्य यो पितृकर्म गर्दैनन्, तिनीहरूका हातको जलमात्र पनि पिउनु हुँदैन किनकि त्यो रक्सीसमान हुन्छ । देवता र पितृहरू पनि त्यसको घर हेर्र्दैनन् र उनीहरूका क्रोधले गर्दा क्रिया नगर्ने छोरा–नातिहरू महादुःखी, काना, लुला, लङ्गडा भएर जन्मछन् ।” बाजेका कुरा सुन्दा मलाई क्रिया नगर्ने केही पापीहरूको याद आउँछ । बीपी. कोइराला, चित्रबहादुर केसी., कमल कोइराला आदि ।

“जसले पितृ–उद्धारका निम्ति गरुड पुराण सुनेन, त्यो कसरी पुत्र हो भनेर जान्नु ?” बाजेको यस उद्घोषभित्र पिताजीको काजक्रियामा गरुड पुराण बहिष्कार गर्ने मित्र दीपक ज्ञवालीले ठाडै नरकको बाटो लिएको दारुण दृश्य म देखिरहेको छु । लुब्ध बाजे उवाच, “यो गरुड पुराण अत्यन्त पुण्यदायक, पवित्र र पापनाशक छ । यो सुन्नाले जे चितायो त्यो पूर्ण हुन्छ । त्यस निमित्त सुखको इच्छा छ भने बाबु–आमा मर्दा त के सधैँ यो सुनिरहनयोग्य छ । यो सुन्नाले ब्राह्मण छ भने सम्पूर्ण शास्त्र जानेर विशारद हुन्छ, क्षत्रीय छ भने पृथ्वी प्राप्त गर्दछ याने राजा हुन्छ, वैश्य–बनीयाँ हो भने खूब धनी, सेठ हुन्छ र शूद्र हो भने जन्मजन्मान्तरको पातकबाट शुद्ध हुन्छ ।”

अन्तर्दृष्टिले म हर्दे छु, बडीबाजेका मुखबाट र्‍याल चुहुन थाल्यो र चित्तको घैँटो टनाटन भरिएर पोखिन लागेको उनको तिर्सना स्वरबाटै मुखर भयो, “यो सुन्ने मात्र होइन, सुनेर कथावचक पण्डितलाई शास्त्रमा बताइएमुताबिक दानहरू दिनुपर्छ ।” पुराण लेखक बडीबाजे यहाँ टक्क अडिन्छन् । उनलाई लाग्छ, कथनमा जोड पुगेन । वाचनरूपी धनुबाट छोडिएको काण पर्याप्त वेगवान् भएन । अतः बडीबाजे शब्द–शब्दमा जोड दिँदै भन्छन्, “कथामा पहिले बताइएका शय्या आदि दानहरू दिनू किनकि पण्डितजीलाई सित्तैमा दुःख दिनाले त्यस्तो फल किमार्थ पाइँदैन ।”

म कल्पनाको पर्दामा देख्दै छु, कथालेखक ठूला पुरोहित बाजे र कथावाचक साना पुरोहित बाजे दुवै निर्वस्त्र हुन थाले । तिनले स्वाभिमानका वस्त्र उतारे, तिनले मर्यादाका वस्त्र उतारे, तिनले लज्जाशीलताका, विनयशीलताका यावत् वस्त्रहरू उतारे । यी दुई बाजेले सर्वाङ्ग निर्वस्त्र भई लोभ–लालचले भरिपूर्ण मुद्रामा जजमानका दैलामा दुईतिर ध्याक पसारे । नाङ्गै छन्, दुई हात पसारेका छन्, ङिच्च दाँत देखाएका छन् र पुण्यकर्म र मोक्षका नाउँमा वाचन गरिएको गरुड पुराणको असीमित ज्याला दावी गर्दै कर्णकटु कण्ठले घुर्की लगाइरहेका छन्, “पण्डितजीलाई सित्तैमा दुःख दिएर त्यस्तो दिव्य फल कहाँ पाइन्छ ?”

म कल्पनाको पर्दामा देख्दै छु, कथालेखक ठूला पुरोहित बाजे र कथावाचक साना पुरोहित बाजे दुवै निर्वस्त्र हुन थाले । तिनले स्वाभिमानका वस्त्र उतारे, तिनले मर्यादाका वस्त्र उतारे, तिनले लज्जाशीलताका, विनयशीलताका यावत् वस्त्रहरू उतारे । यी दुई बाजेले सर्वाङ्ग निर्वस्त्र भई लोभ–लालचले भरिपूर्ण मुद्रामा जजमानका दैलामा दुईतिर ध्याक पसारे ।

म प्रत्यक्ष देखिरहेको छु, बाजेद्वयले हात–हातमा स्वर्गका टिकट बोकेका छन् र टिकटको भारी दस्तुर दावी गर्दै याचना गरिरहेका छन्, “रेशमी आदि कपडा, सबै प्रकारका गहना, गोदानहरू र पूर्ण दक्षिणाहरूले कथावाचकलाई आदरसाथ पूजा गरोस् । सुवर्णदान, पृथ्वीदान इत्यादि धेरै प्रकारका दानहरूले वाचक पण्डितज्यूकन धेरै पुण्य मिलोस् भन्नाका निमित्त सभक्ति पूजा गरोस् ।”

दृश्य मेरा आँखाअगाडि प्रखर छ, दुई बाजेका आकृतिहरू मनुष्यरूपबाट लुब्ध पशु रूपमा फेरिन थाले । ती पशुझैँ गनाइरहेका छन्, ती ङारङुर–ङुरङुर गरिरहेका छन्, ती लोभले फिँज काडिरहेका छन्, ती जजमानहरूमाथि झम्टा मार्ने दाउ कुरिहेका छन्, ती नर्कको भयकारी त्रास र स्वर्गको भ्रान्तिकारी आश देखाएर जजमानलाई गलाउन, निचोर्न र आफ्नो क्षुद्र मनोरथ पूर्ण हुने गरी कुम्ल्याउने अडानमा दृढ छन् । दिमाग घोटेर गरुड पुराण लेखेको र ओठ–तालु सुकाएर गरुड पुराण सुनाएको खाली हात आएर खाली हात फर्किनलाई हो र ?

वाचकको माध्यमबाट आफ्ना यावत् तिर्सनाहरू तृप्त नहुने लक्षण देखेर अहिले भने बडीबाजे स्वयं बर्बराउन थाले, “हे गरुड ! वाचकको पूजा गर्नाले नै म सन्तुष्ट हुनेछु, यसमा किञ्चित् सन्देह छैन । तर हे गरुड ! वाचक सन्तुष्ट नभए म प्रसन्न हुन्नँ, यसमा अलिकति पनि सन्देह छैन ।”

मलाई लाग्छ, जगत्का प्राणीहरूमा सबैभन्दा लोभी र लम्पट बिरालो हो तर गरुड पुराणका लेखक बडीबाजे विरालालाई पनि माथ गरिदिन्छन् । जगत्का लोभीहरूमध्ये सबैभन्दा लोभी, कपटीहरूमध्ये सबैभन्दा कपटी, लज्जाहीनहरुमध्ये सबैभन्दा लज्जाहीन, जातिवादीहरूमध्ये सबैभन्दा जातिवादी, नारीद्वेषीहरूमध्ये सबैभन्दा नारीद्वेषी, परपीडकहरूमध्ये सबैभन्दा परपीडक, भ्रम र अन्धकारका स्रष्टाहरूमध्ये सबैभन्दा ठूला स्रष्टा भनिन लायकका बडीबाजेको गरुड पुराण नामक अपराधगाथा यहाँ आइपुगेर समाप्त भयो । हरि ओम तत्सत् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय