काठमाडौं, १४ मंसिर ।अमेरिकामा राष्ट्रपति निर्वाचनको क्रममा हुलाकमार्फत् गरिएको मतदानमा धाँधली भएको भन्दै हुलाकबाट मतदान गर्ने ऐनविरुद्ध दायर गरिएको मुद्दा खारेज गरिएको छ ।

डोनाल्ड ट्रम्प अभियानको तर्फबाट दायर गरिएको मुद्दा पेन्सिलभेनियाको सर्वोच्च अदालतले खारेज गरिदिएको हो । त्यस्तै प्रकारको मुद्दा फेरि अदालत ल्याउन नपाउने गरी ट्रम्प पक्षको मुद्दा खारेज गरिएको बताइएको छ ।

राज्यको सर्वोच्च अदालतका न्यायाधीशले एकमतका साथ गयराति यस्तो फैसला गरेका हुन् । पेन्सिलभेनियामा हुलाकबाट पठाइएका मतपत्रहरु गणना नगर्न माग गर्दै ट्रम्प अभियानका तर्फबाट मुद्दा दायर गरिएको थियो ।

पेन्सिलभेनियामा युनिभर्सल मेल इन मतदान स्थापना गर्ने २०१९ मा ल्याइएको ऐन ७७ लाई चुनौती दिदै ट्रम्प अभियानले मुद्दा दायर गरेको थियो । तर, यो ऐनलाई चुनौती दिने मुद्दा ऐन आएको एक वर्षपछिमात्र दायर गरिएको र ऐनलाई चुनौती दिने कानुनी आधारहरु नभएको भन्दै न्यायाधीशहरुले फैसला गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय