दिनेश कार्की,चितवन १७ मङ्सिर।भण्डाराको फ्यामेली पोलिक्लिनिक अगाडि दुई मोटरसाईकल एकआपसमा ठोकिदा दुर्घटना भएको छ । दुर्घटनामा दुबैजना चालक घाईते भएका छन । ना.६२ प. ५९७९नम्बर प्लेट भएको यामाहा FZ का मोटरसाइकल चालक बिजय तामाङ र यामाहा सलुटो ना.६३ प. १६४७ नम्बर प्लेट भएको मोटरसाईकल चालक मदन सारु मगर घाईते भएका हुन । घाईते दुबैलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
-हप्तै पिच्छे राप्ती नगरपालिकामा सडक दुर्घटना भएको छ । एक पछि अर्को घटना सेलाउन नपाउदै फेरि अर्को दुर्घटना हुने गर्दछ।सम्बन्धित निकायहरु मौन बसेका छन।

आज नै फेरि राप्ती नगरपालिका अगाडि मोटरसाइकलको ठक्कर बाट ५२ बर्षकि मधु कुवर घाइते भएकी छिन ! नगरपालीकाको पुरानो बिल्डीङ अगाडि बा ३४ प ७७६५ ले कुवरलाई ढक्कर दिएको हो ! उनलाई उपचारको लागि अस्पताल लगिदै छ ! प्रहरीले बाइक र चालकलाई नियन्त्रणमा लिएको छ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय