काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान र विश्वासघात गरेको आरोप लगाएका छन् । दाहाल–नेपाल समूहले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा सम्बधोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले भने,‘नेकपाको आधिकारिक पार्टी यही हो, पार्टीको चुनाव चिन्ह पनि सूर्य चिन्ह हो, यही पार्टीको चिन्ह हो । यो पार्टी अब देशव्यापी रुपमा नयाँ ढंगले लोकतन्त्रलाई बलियो बनाउन र संसद पूनस्र्थापना गर्छ । केपी ओलीलाई अपार विश्वास गरेर हामीले प्रधानमन्त्री बनायौं । ओली १४ वर्ष जेल बसेर आएको मान्छे हो, लामो समय जेल बसेको मान्छे भएकोले पाकेकै होला भनियो । परिस्कृत सोच होलान भनेर नेकपाको नेताको रुपमा खडा गर्यौं । प्रधानमन्त्र पनि बनाईयो । जनताको विश्वास र पार्टीको विश्वासले बनाईयो । तर, उहाँले जनमतको अपमान गर्नुभयो ।’

उनले अघि थपे,”पार्टीको कार्यादिशाअनुरुप मुलुकलाइृ समाजवादको पार्टीका नीति र निर्णय मानेर चल्नुहोला भन्यौं । तर, बालुवाटार पुग्नेबित्तिकै उहाँले पार्टीलाई भ¥याङ बनाउनुभयो । जब पदमा पुग्नुभयो, पार्टीको नीति बिर्सिनुभयो । एकलोटी ढंगले योजना आयोग बनाउनुभयो । क्याबिनेट बनाउनुभयो । नीति तथा कार्यक्रम पनि एकलौटी ढंगले ल्याउनुभयो । पुँजीवादी नीति ल्याउनुभयो । तर, हामीले विरोध गर्यौं । केपी ओलीले गफैगफ गरेर तीन वर्ष बिताउनुभयो ? घरघरमा चुलो खोई ? उनको आफ्नो घरमै पुग्यो होला । उखान र टुक्का हालेर देश चल्दैन् । देशलाई ठिक दिशामा अघि बढाउनको लागि, यो तीन वर्ष खेर गयो । तीन वर्षमा मरिचमानले जतिपनि काम गर्न सकेनन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय