काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम समाजवादको यात्राको अवरोधका लागि भएको बताएका छन् ।
शनिबार नेकपा प्रचण्ड माधव पक्षको सम्पर्क समन्वय कमिटिको भेलामा बोल्दै नेता पाण्डेले ओलीको प्रतिगामी कदमका विरुद्ध आन्दोलनको विकल्प नभएको पनि बताए । ‘यो आन्दोलनमा जानुपर्ने समय हो । ओलीका कदमले तीनवटा कुरामा गम्भिर क्षति पुगेको छ ।

यसले समाजवादतर्फको नेपालीको यात्रालाई असफल पार्ने काम भएको छ’, पाण्डेको भनाइ छ । उनले समाजवादतर्फ जाने माक्र्सवाद, लेनिनवाद समाजवाद उन्मुख जनताको जनवाद चुनावी घोषणा पत्रमा संकल्प गरेको बताए । तर ओलीले त्यसबाटो छोडेर समाजवाद विरोधी र दक्षिणपन्थीहरुलाई अगाडि ल्याउने तथा दक्षिणपन्थीहरुसँगको गठबन्धन बढाउने र समाजवादको यात्रालाई अवरोध तुल्याउन कदम चालेको बताए । त्यस्तै उनले धेरै ठुलो संघर्षबाट ल्याएको संविधान समाप्त पार्न ओलीले प्रतिनिधि सभा विघटन गरेको बताए ।

समाजवाद, राष्ट्रिय सार्वभौम सत्ता र संविधानलाई ध्वस्त गर्न ओलीले चालेको कदम असफल पार्न आन्दोलनमा जानुको विकल्प नभएको पाण्डेको भनाइ छ । जनता नै सवैभन्दा शक्तिशाली हुने भन्दै संविधान हेरेर सर्वोच्चले निर्णय गरेमा प्रतिनिधि सभा सुचारु हुने निश्चित रहेको बताए ।

उनले ओलीले अहिले अरुको रिसमा संसद विघटन गरेपनि उनलाई समेत हटाएर कठपुतली सरकार बनाउने योजना दक्षिणपन्थीहरुको रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय