माघ २,काठमाडौ।नेशनल क्रीकेट एकेडेमि गैडहवा-८ रुपन्देही र स्प्रट क्रीकेट क्लब काठमाडौ बिच मुलपानी क्रीकेट स्टेडियम मा (Spurt Invitational Tri-Series)को पहिलो खेलमा स्प्रट क्रीकेट एकेडेमि काठमाडौं ले टस जितेर ब्याटिङ रोज्दै १५.४ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाएर जम्मा ७४ रन जोड्न सक्यो ।
फिल्डिङ पाएको नेशनल क्रीकेट एकेडेमि गैडहवा-८ रुपन्देही (NCA) ले १५.४ओभरमै बिपक्षी टीम लाइ रोक्न को लागि NCA का निस्चल भुसाल ले २.४ ओभर मा ३ रन खर्चेर ४ विकेट लिदै खेलमा म्यान अफ दि म्याच पनि भए ।यस्तै बल्लिङ मा करन बि.के. ले ३ओभरमा १ मेडेन सहित ५ रन १ विकेट ,बिशाल भुसाल ४ ओभरमा १ मेडेन सहित १० रन खर्चदै १ विकेट ,दिवस भुसाल ४-२२-२ र बसन्त कार्की ले २-१५-१ लिए र ब्याटिङ तर्फ NCA बाट प्रदिप सुवेदी ले ३८ बलमा २५ सर्बाधिक रन जोडे ,र प्रेम सहानी तथा करन बि .के .ले समान ९ बल मा १३/१३ रन जोडेर १२.४ ओभरमै बिजयी लक्ष्य आफ्नो हात पार्यो ।यस संगै नेशनल क्रीकेट एकेडेमि गैडहवा-८ रुपन्देही ले विजयी सुरुवात गरेको छ । ३ वटा (नेशनल क्रीकेट एकेडेमि ,स्प्रट क्रीकेट क्लब काठमाडौं ,र मुलपानी क्रीकेट क्लब काठमाडौं ) बिच प्रतिस्पर्धा रहेको छ। स्प्रट क्रीकेट क्लब का उज्ज्वल थापा ले ३६ बलमा ४१ रन जोडे र त्यस बाहेक अन्य ब्याटस्म्यान ले खासै रन जोड्न भने सकेनन् । नेशनल क्रीकेट एकेडेमि गैडहवा-८ रुपन्देही लाई हार्दिक बधाई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय