गॉजाका बारेमा नेपालका ९९% लाई १% पनि ज्ञान छैन। गॉजा चिकित्सा बारेमा नेपालका १ जना चिकित्सकलाई पनि कुनै ज्ञान र अनुभव छैन। लहैलहैमा गॉजाबिरूद्धमा यिनका ब्रेनवाश गरिएको छ विगत ५ दशकभरि। गॉजा घृणा नेपालीले आफैलाई गरिरहेको घृणा हो।
नेपालमा गॉजा विज्ञ १ जना पनि छैनन। चिकित्सा, बोटनी, कृषि, आयुर्वेद, वनका विज्ञहरूमा पनि गॉजाको कुनै ज्ञान छैन। तर बिकसित देशमा गॉजा चिकित्सामा विज्ञहरू दशैँ हजार छन्।
यस्तो उच्च बहुमूल्य हितकारी उपकारी झार गॉजाबारेमा गॉजाको स्वर्ग नेपालका विज्ञहरू अनभिज्ञ रहनु लाजमर्दो कुरा हो। नेपालमा ११० प्रजातिका बहुमूल्य गॉजा पाईएको छ, अरू थुप्रै र नेपालमा मात्र पाईने अलग्गै वर्गीकरणको गॉजा पत्ता लाग्न सक्ने संभावना प्रचूर छ। अहिलैसम्म विश्वमा ४ प्रकारका गॉजा छन्, नेपालमा खोज भयो भने पाचौँ प्रकारको गॉजा रेकर्डमा आउने छ।
तर क्यानाडा, अष्ट्रेलिया, अमेरिकामा दर्जनौँ नेपालीहरू गॉजा विज्ञका रूपमा प्रसिद्ध छन् , राम्रो नेतृत्वदायी करियर चलाईरहेका छन्। मेरो विदेशस्थित ती नेपाली गॉजा विज्ञहरूसंग निरन्तर सम्पर्क रहने गरेको छ। गॉजाको हितकारी नसाका कारण अबको २,३ वर्षमा रक्सीको ब्यापार नै खलास हुने अवस्था आएको छ। त्यसैले रक्सी र चुरोटका ठूला कम्पनीहरू अब गॉजा ब्यावसायमा रूपान्तर हुदैछन्। विकसित मुलुकहरूमा गॉजा हालेको वा गॉजा नहालेको कुन बस्तु किन्ने भन्ने विकल्प जुन बस्तुमा पनि हुने क्रम तीब्र हुदैछ। अहिले विश्वमा गॉजा युग सुरू भईसकेको छ। ३५ देशले गॉजा वैध गरिसकेका छन्। अमेरिकाका सबै ५० स्टेटले गॉजालाई कुनै न कुनै रूपमा वैध गरिसकेका छन्।
विश्वमा नेपालको गॉजा नं १ मानिन्छ, त्यसैले नेपालको सस्तो तर अब्बल गॉजा ब्राण्डले तहल्का पिट्ने दिन आउदै छ। नेपालीहरुको चौतर्फी समृद्धि दिन त्यो क्षणबाट सुरू हुनेछ जुन दिन नेपालमा गॉजा वैध गरिनेछ। हजारौँ क्षेत्रमा नयॉ रोजगार खुल्नेछ, गाउँहरू विकासका केन्द्रबिन्दू मुटु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय