काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलाप भएको भन्दै संयुक्त वक्तव्य जारी गरेको छ ।

नेपालसहितका ११ नेताले शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीका केही नेतालाई निलम्बन गर्ने ओलीको निर्णय पार्टीको विधान विपरीत स्वेच्छाचारी काम भएको ठहर गरिएको छ ।

ओलीले नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गरेका थिए ।

‘प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि केपी शर्मा ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पु-याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु-याउने विभिन्न कामहरु भए । भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्न थाल्यो । देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरु भत्किन थाले । त्यसो नगर्न पार्टीका बैठकहरुमा उहाँलाई–पटकपटक सचेत गराइयो । तर नेपालको स्वाभिमानमा धक्का लाग्ने गरी वाह्य शक्तिसँग साठगाँठ गर्दै केपी ओलीबाट देश, जनता र कम्युनिष्ट पार्टीलाई कमजोर तुल्याउने काम जारी रह्यो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय