आलेख-भिम उपाध्याय।
प्रम ओलीबाट हिजो आगामी ३ बर्षमा रू ५७ अर्ब १० करोड लागतमा २२१० किलोमिटरका प्रत्येक निर्बाचन क्षेत्रमा एउटाका दरले १६५ वटा सडक निर्माण गर्न आफ्नै घर बालुवाटारबाट एकै साथ बटन दबाएर शिलान्यास भएछ।
यसैगरी केही महिना अघि ३९६ वटा स्वास्थ्य चौकी निर्माण गर्न एकै साथ होलसेलमै घरमै राजगरी शिलान्यास गरिएको थियो ।
बेवारिसे बिकास भनेको ठ्याक्कै यही हो।

घरघरमा ग्यास आईसक्यो,
ग्यास सिलिण्डर फाल्नुपर्ने दिन आईसक्यो,
बजारभरि बिजुली बस दगुर्दैछ,
पानी जहाज कुदैको कुदै छ,
चुच्चे रेलले हिमाल, पहाड, तराई छेडेर हुईकिदै छ, १ अर्बको दुलही रेल घुम्टोभित्र जनकपुरतिर सुरक्षित छे।
बाटामा एकजना भिखारी देख्न पाईन छाडेर शोभा बढेको छ,
दुई छाक भात खान कामै गर्न नपर्ने हात बॉधेर बसेपनि सरकारले मुखमा हाल्दिदैछ-
यस्ता बतासे बिकासमा मुलुकले चमत्कारै चमत्कार गरेको हो खासगरि वर्तमान ओली सरकारको पालामा। नेपाली त त्यसै दंग छदैछन्, विश्व पनि पर्नु चकित परेको छ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय