चितवनको भरतपुर महानगरपालिका– १ ठिमुरादेखि देवघाट गाउँपालिका– ५ को घिनटार जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको छ ।

सोमबार राति भारतमा गएको भूकम्पको धक्का नेपालमा समेत महसुस गरिएपछि उक्त पुल सोही कारण भत्किएको हुनसक्ने आशंका गरिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन इन्जिनियर कृष्ण राज अधिकारीले बताए ।

४०–४० मिटरको चार स्थानमा बीम राखेर निर्माण गरिँदै गरिएको पुलको ८० मिटर भत्किएको अधिकारीले जानकारी दिए । ४० मिटर बनिसकेको पुल भत्किँदा थप ४० मिटर भत्किएको उनले बताए ।
उनका अनुसार २२० मिटर लामो लम्बाइ र ८.५ मिटर चौडाईको पुलको ८० मिटरमा ढलान भइसकेको थियो । ढलान भएको २१ दिनमा नै पुल भत्किएको छ ।

पुल इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रुपमा निर्माण गरिरहेको बताइएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
स्थानिय युवा सुमन उप्रेती भन्नुहुन्छ-“२२ करोडको लागतमा बन्दै गरेको चितवन र देबघाट जोड्ने ठिमुराको यो पुल बनाइ सक्न लाग्दा भत्कियो।अब केही दिन थामेको भए मन्त्री हेलिकप्टर लिएर गएर समृद्धि को कुरा गर्दै उद्घाटन गर्थे।जताततै बिकासको कुरा गरेपनी जनताको आखामा छारोहाल्ने काम बाहेक गणतन्त्रे हरुले केही गरेका छैनन।पन्चायत ले बनाएका पुलको डेट सकिएपनी अझै चलिरहेका छन।यसरी राज्यको जताततै अर्बौं रुपैया स्वाहा पारेका छन ।यिनिहरुको उदेश्य नै धन कमाउने बाहेक अर्को छैन।मन्त्री ,साम्सद,गाउका नेता सबै ठेक्केदार सबैलाइ करोडौं को गाडी चाहिएको छ।अनि कसरी राम्रो काम बन्छ?”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय