आलेख:भिम उपाध्याय नेताले सहयोगीलाई नै क्रेडिट दिन्छ। टोली नेता त्यो हो जसले टोलीका प्रत्येक सदस्यको ख्याल राख्छ र प्रत्येकको योगदानका लागि सबैका अगाडी मुक्तकण्ठले प्रशंसा गर्छ । यस्ता नेताहरू खेलाडीहरूमा बढी देखिदो रहेछ ।
ईमरान खान क्रिकेट खेलाडी थिए र उनलाई टिमको प्रत्येक खेलाडीको ख्याल र प्रशंसा नगरी खेल जित्न संभव थिएन भन्ने ज्ञात थियो । उनले यस्तै नेतृत्व क्षमताबाट पाकिस्तानलाई पहिलो पटक क्रिकेटमा गोल्ड मेडल जिताई छाडे, जसका लागि उनलाई पाकिस्तानमा मात्र हैन विश्वभरिका क्रिकेट प्रेमीहरूले सम्मान मात्र गर्दैनन्, माया पनि उत्तिनै गर्छन् ।
खेलाडीबाट राजनीतिज्ञ बनेर प्रधानमन्त्री बन्न सफल ईमरान खान जहॉ जहॉ पुग्छन्, आफ्ना सहयोगी कर्मचारीहरू, मन्त्रीहरू र अन्य नेताहरूको सार्वजिक रूपमैं नाम किटेर प्रशंसा गरेको देख्दा मेरा ऑखा रसाउछन् । यस्तो नेता मैले अहिलेको विश्वमा अरू कोही देख्न सुन्न पाएको छैन, जसले सहयोगीको नामै लिएर आफ्ना टिमका साथीलाई योगदानको क्रेडिट सबैका सामू राखिदिईरहन्छन् ।
हो, यस्तालाई यथार्थमा सही नेता भनिन्छ जसले सहयोगीलाई जस दिन्छन् तर अपजस आफ्नो काधमा लिन्छन्।
नेपालका नेताहरू आफूले सिंको भॉचेको छैनन्, उसले आफै सबै मैले गरेको भनेर डॉको छाड्छन्। जसले घूँडा धसेर काम गरेका छन् तिनको नाम लिदा बेईज्जती भएको महसुस गर्छन्। तिनलाई समारोहहरूमा देखाउन्नन्, यथोचित सम्मान ब्यक्त गर्दैनन्। हिनभावनाग्रस्त र हिंसात्मक मनोवृत्ति भएका मान्छेहरू नेता भएको देशमा बेईमान र बदमासले मान पाउछ र कर्मशील र ईमान्दारले तिरस्कार!

मेलम्ची मैले नै ल्याएँ। कुलमानले हैन मैले नै लोडशेडिंग हटाएँ। मैले रेल ल्याएँ। अनि मैले देशभरि छाउराहरू जन्माएँ भनेकाभन्यै छन्। उल्लुले पत्याए अर्को कुरा सद्देले त उस् उस् भन्ने हो। यिनले लाज र घीनलाई पनि यहॉ टिक्नै नसक्ने बनाईसके। पियनको जागिरको जति पनि योग्यता नभएकाहरू कर्मचारीहरू जस्ता पढैया, घूँडा धस्सैयालाई ज्ञान, शिक्षा, प्रविधि र विज्ञानको उपदेश दिन्छन्। जसलाई कतै काम गर्ने योग्यता थिएन, केही नपाएर गरिब जनतालाई उल्लु बनाएर राजनीतिमा पसेर उसले अरूलाई रेखी लाउनु जत्ति फटिचरी अरू के हुनसक्छ?

अहिले न शिक्षा सेवा आयोग छ, न लोक सेवा आयोग छ। अन्य आयोगहरूमा संसदीय सुनुवाई नभएका अवैध योग्यता नै पूरा नगरेका बलजफ्ति पदाधिकारीहरुको मेचमा विराजमान हराईएका छन्। भॉडभैलो मुलुक बनिसकेको छ। सत्तासीन कसैलाई देशको माया छैन, भावी पुस्ता भॉडमा जाए कुनै मतलब छैन। गुटप्रसादहरूको लुटबहादुरसंगको कुस्तीकुस्ति हेर्दै १४ वर्ष बितिसकेको छ। यो क्रम अझै लामै जाने छनक प्रष्ट देखिदैछ। अकस्मात प्रलय भए, कहीँ बाटो सोझिन्छ कि भन्ने आश र त्रासमा निमुखा जनता बसेका छन्।

लहेलहैमा थपडी बजाउनेहरू झन् फतफत् कुहेर ढुंगढुंङ्ती गन्हाईरहेका छन्। आफ्नै भविष्यको ब्यक्तित्व सोत्तर पारिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय