मुलुकभरि नै यतिका धेरै आगलागीहरू भइसकेका छन्। किन भयो भनेर कुनै बैज्ञानिक खोज हुदैन। विश्वभरि मौसममा आएको परिवर्तनले यस्तो आगलागी निम्ताएको हुन सक्छ। जिओथर्मल र क्लाईमेट चेन्जका कारण फ्ल्यास प्वाईन्टमा वनहरू पुगेका हुन सक्छन्। क्यालिफोर्निया र अष्ट्रेलियामा वर्षेनी भीषण आगलागी भएर लाखौँ जीवजन्तु र मानव वस्ति खरानी हुदै आएका छन्।
नेपालमा यसवर्ष जताततै अत्यधिक आगलागी हुनुमा कसैले डढेलो लगाएर होला भनेर मात्र सोच्नु र सजिलो जवाफ दिनु आलोकाचो कुरा हुन्छ। आगलागीको घटना किन यसरी यति धेरै यसवर्ष जहॉतही हुदैछ? यसका वैदिक दृष्टि एवं बैज्ञानिक पक्षमा अनुसंधान गरेर समाधानका उपायहरू पत्ता लगाउने जॉगर कसैको देखिदैन। हामीले वातावरण बिनास गर्दै लगेपछि आगलागी बढेको हुन सक्छ। बर, पीपल, समी जस्ता धार्मिक रूख बिरूवाको प्रकृति र जातहरू मासिदै जॉदा यसरी ह्वात्त आगलागी बढेको हुन सक्छ। हामीले विगतमा गर्दै आएका यावत पापहरूको यी नतिजा हुन सक्छन्। यसबारेमा सर्वाङ्ग खोज होस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय