भारतको मध्य प्रदेशमा रहेको बैतूलमा मुटु कँपाउने घटना भएको छ ।

एक नाबालिग छोरीले आफ्नो प्रेमी र साथीहरूसँग मिलेर पिताको हत्या गरेकी छन् ।

मृतक श्रीराम हुरमाडेले ती बालिकालाई धर्मपुत्री बनाएका थिए ।

प्रहरीका अनुसार, ती नाबालिग किशोरीलाई पिताले प्रेमीसँग मोबाइलमा कुरा गर्न दिँदैनथिए । अनि सँगै घुम्न जान पनि दिँदैनथिए ।

त्यसपछि धर्मपुत्रीले पिताको हत्या गरिन् र शवलाई कम्बलमा बेरेर घरपछाडिको झुप्रोमा लुकाइन् ।

प्रहरीले ती नाबालिग किशोरीका साथै अन्य तीन आरोपित अनवर खान, शिखर र अनिल सोनारियालाई पक्राउ गरेको छ ।

मृतक श्रीरामका साला बबलू नागलेले भिनाजुसँग दिनदिनै कुरा हुने गरेको तर १२ जनवरीदेखि कुरा हुन नसकेको भनी प्रहरीलाई खबर गरेका थिए । अनि श्रीरामको घर रहेको सुभाष नगरमा छिमेकीहरूले दुर्गन्ध आइरहेको पनि बताएका थिए ।

त्यसपछि प्रहरीले खोजतलास गर्दा श्रीरामको टाउकोमा चोट लागेको र घाँटी रेटिएको पाए ।

सोधखोज गर्दा छोरी र उसका साथी दोषी पाइए । उनीहरूले लाशबाट दुर्गन्ध नआओस् भनी पर्फ्युम समेत छर्केका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय