काठमाडौं । कीर्तिमानी जितसहित नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्समाथि १४२ रनको फराकिलो जित निकाल्दै उपाधि उचालेको हो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यान्ड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा जित हासिल गरेको हो । यसअघि, नेपालले भुटानलाई १४१ रनले हराएको थियो । नेपालले दक्षिण एसियाली खेलकुद सागमा भुटानललाई पराजित गरेको थियो ।

घरेलु मैदानमा ११ वर्षपछि नेपालले उपाधि जित्न सफल भएको हो । नेपालले यसअघि सन् २०१० मा आईसीसी डिभिजन–५ को उपाधि जितेको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २३९ रनको बलियो लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर २ बलमा अलआउट हुनुपूर्व ९६ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय