मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत, अर्को सरकार नभएसम्म यहि मन्त्रिपरिषद् मान्य।
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको रानीनामा स्वीकृत भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलले बुझाएको राजीनामा स्वीकृत गरेका हुन् । त्यस्तै अर्को सरकार गठन नभएसम्मका लागि

तत्कालिन मन्त्रिपरिषद्लाई नै मन्त्रिपरिषदको कार्यभार सञ्चालन गर्न तोकिएको समेत प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले आइतवार (आज) प्रदेश प्रमुख समक्ष राजीनामा दिएका हुन् । त्यस्तै आज नै प्रदेश प्रमुख यादवले राजीनामा स्वीकृत गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय