आलेख:भिम उपाध्याय।

विश्वभरिका प्रम वा राष्ट्रपति वा सरकार वा सांसदको पदावधी ४ वा ५ वा ६ वर्ष रहने गरेको छ। किन यस्तो एकरूपता विश्वका सबै मुलुकमा गरिएको होला? किन कुनै पनि देशको योजना वा प्रोजेक्ट पनि अक्सर ५ वर्ष अवधिको हुने गरेका होलान्?
यो किन हुदै आयो भने सोह्रौ शताब्दीतिर मानिसको जनमत औषत ५ वर्षमा परिवर्तन हुने गर्छ भन्ने मान्यता यसमा निहीत थियो। ५ वर्षपछि पुन: जनमत लिनुपर्ने नियम र लोकतान्त्रिक परम्परा त्यो बेलाको सोच परिवर्तन दरका हिसाबमा त्यसैले बनेको हो।
विश्वमा अहिले तिब्र आर्थिक, सामाजिक, प्राविधिक एवं बैज्ञानिक परिवर्तन र बिकासले अहिलेको पुस्तामा जनमत र धारणा पनि तिब्र र छिटो छिटो दरमा छोटै अवधिमा परिवर्तन हुदै गएको छ। अहिले १ वर्ष अघिको जनमत १ वर्ष बित्न पाएको हुदैन परिवर्तन भइसकेको हुन्छ। त्यसैले अहिले कुनै पनि सरकार वा नेता एकपटक विजयी भएर सत्तामा रहेको भन्दैमा उसको जनमत अर्को वर्ष पनि उही रहन्छ भन्न सकिदैन। पुस्तान्तरण समय अहिले १,२ वर्ष फरक हुदा पनि बिगतका २५,३० वर्षमा हुने गरेको फरक जस्तो जत्ति बराबर हुन पुगेको छ। समयको नापो उही भए पनि समयको तौल भने कैयन गुण बढ्दै गइरहेको छ। एक्स्पोनेन्सियल ज्यामितीय दरमा सोच र धारणा, मत र अभिमत, प्रविधि र दर्शनहरु परिवर्तन हुदै गएका छन्। त्यसैले सरकारहरूले प्रत्येक वर्ष स्न्यापपोल गरेर जनधारणा कस्तो छ अपडेट गर्ने र जनधारणा उल्टो गति वा दरमा हिडेको देखिएमा सत्ता छाडेर अर्कालाई मार्ग प्रसस्त गर्नुपर्ने अवस्थाको माग गरिरहेको छ। यसो नगरेर यदि यान्त्रिक रूपले लतारिदै ५ वर्षसम्म नै कुर्नुपर्दा पनि विगतको २० वर्ष अवधि कुरे जस्तो अनुभूति जनतामा हुदा आफैले जिताएर पठाएको सरकारप्रति जनतामा छोटो समयमा नै आक्रोश तिब्र हुन थाल्ने र विद्रोह वा अशान्त परिस्थिति आईदिएर केही अघि लोकप्रिय नेता वा दलबिरूद्ध तुरून्तै अकस्मात बिस्फोट हुन सक्ने अवस्था बन्दै गएको छ।
बिकसित देशहरूले जनधारणाको अवस्था बुझ्न बैज्ञानिक पोलिंगहरू नियमित वर्षेनी गरी गराईहेका हुन्छन्। विश्नयवा यस्तो परिस्थिति बनिसक्दा पनि नेपालमा भने एकपटक चुनाव जितेपछि ५ वर्ष सबैले मुखमा ताला लगाउनुपर्छ, चूँ बोल्न पाईदैन, जनताले ५ वर्ष पछि मात्र बोल्ने हो भन्ने डेट एक्स्पायर गलत सोच नेताहरू र जनतामा ब्याप्त देखिन्छ। यस्तो गणितीय लोकतान्त्रिक धारणा वा पद्दति अहिलेको तिब्र बिकसित प्रविधि र अर्थतन्त्रमा बेकामे सिद्ध भइसकेको छ। विश्वभरि परम्परागत शैलीको लोकतन्त्र फेल हुन लागेको त हैन ? भनिदै छ। समयको नापलाई हैन तौललाई हेरेर राजनीति र जनचाहना परिपूर्ति गर्ने संयन्त्र र शैली नेपालले पनि मनन गर्दै लागू गर्नुपर्छ। यसो नगरेर हामीले जति सुकै राम्रो काम गरें पनि, जति फुईँ लगाए पनि जनचाहना संगसंगै हिड्न नसकिदा असफलताको दिक्दारलाग्दो चरणमा मात्र रहन अभिषप्त हुनेछौं। नयॉ पुस्ता जहिले पनि तिब्र असन्तुष्ट हुनु भनेको युवा जनसंख्या ६०% भन्दा बढी भएको नेपालमा समयानुकूल जनमत अनुकूल नरहेको डेट एक्स्पायर्ड, राजनीतिक प्रणाली अस्थिरताको मुल कारण हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय