एक पटक एक जना पुलिस अफिसर ठूलो भयंकर दुर्घटनामा परेछ।
अस्पतालको ईमरजेन्सीमा लगेर शल्य क्रिया गरेपछि उ बल्ल बल्ल बॉचेछ।
सन्चो भएपछि अस्पतालले डिस्चार्ज गरेछ। हिड्नै लागेको बेलामा डाक्टरले अपरेशन गर्दा उस्को गिदी एकाछिनका लागि निकालेको रहेछ, त्यो पुन: हाल्न छुटाएछ।
‘ए ए भाइ! तपाईको गिदी यतै छुटेछ, पख्नुस् म तपाईको गिदी पुन: हालिदिन्छु’, डाक्टरले भनेछ।
बिरामीले ‘त्यो पर्दैन, म पुलिसमा जागिर खान्छु’, भन्दै कुदेछ।

गत डिसेम्बरमा नेपाल सरकारले आफै युएनमा गएर गॉजा लागू पदार्थ हैन, यो कडा नियन्त्रण गर्नुपर्ने औषघी वनस्पति हो , वैध गरेर उपयोग गर्नुपर्छ भनेर भोट हालेर फर्केको के थियो, नेपालका पुलिसहरू देशभरि अबदेखि कहिल्यै गॉजा मास्न नपाईने हुने भयो भनेझैँ गरी धमाधम पुरूषार्थ देखाउदै गॉजा मासेका मासै गर्छन् । सरकार एउटा नीति निर्णय गर्छ, पुलिस त्यसको उल्टो गर्छ। हैन किन यस्तो?
पुलिसको जागिरमा गिदी नै नचाहिने हो र?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय